काठमाडौं । पछिल्लो समय बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप तीन अभियुक्तलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शिवजी भट्टराई, धमानकुमार कार्की र बाबुराज महर्जन रहेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) बाट खटिएका प्रहरी टोलीले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमध्ये महर्जन नक्कली मोही हुन् भने भट्टराई काठमाडौं महानगरपालिका– ४ का तत्कालीन वडा सचिव हुन् । यता कार्की नापी कार्यालयका अधिकृत हुन् ।
यो मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर शाहसहित ५ जना प्रहरी हिरासतमा छन् ।