सुनचाँदीको मूल्यवृद्धि

राष्ट्रपाटी न्युज

असार १८, २०८०

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ।  मंगलबार प्रतितोला छापावाल सुन  ४०० रुपैयाँ र तेजाबी सुन ३५० रुपैयाँले बढेको छ ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला छापावाल सुन १०० रुपैयाँ र तेजाबी सुन ५० रुपैयाँले रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ । सोमबार भाउ स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।


Published :असार १८, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media