दोहोरो अंकले बढ्यो शेयर बजार, २ अर्ब ५७ करोड बढीको कारोबार

राष्ट्रपाटी न्युज

असार १८, २०८०

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।  परिसूचक १२.७३ अंकले वृद्धि भएपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ।

आज २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँको सेयर कारोबार भयो।  सोमबार ४ अर्ब ५० करोड बढिको सेयर कारोबार भएको थियो।

यसदिन २८२ कम्पनीको ६४ लाख ५० हजार  ९३४ कित्ता सेयर खरिदबिक्री भयो।

दोहोरो अंकले बढेको बजारमा एउटा मात्रै कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सिटी होटलको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा सिटी होटल  नै शीर्षस्थानमा रह्यो।  सो कम्पनीको १२ करोड १७ लाख मूल्यमा सेयर खरिदबिक्री भयो। एनएलजी इन्स्योरेन्स कम्पनीको ११ करोड ३८ लाख र हिमालयन लाइफ इन्स्योरेन्सको ११ करोड ३३ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो।

कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिए। होटल एन्ड टुरिजम उपसमूहको सूचक सर्वाधिक २.३६ प्रतिशतले उकालो लाग्यो।

बीपीडब्लू लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने  ९.९९ प्रतिशतसम्म गुमाए।  आज १४५ कम्पनीको मूल्य बढ्दा ७२ को घट्यो। ९ कम्पनीको मूल्य भने स्थिर रह्यो ।


Published :असार १८, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media