बढ्यो सुनचाँदीको भाउ

राष्ट्रपाटी न्युज

असार २३, २०८०

काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ। आइतबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन  १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।


Published :असार २३, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media