बैतडीमा बस दुर्घटना, ३९ जना घाइते

राष्ट्रपाटी न्युज

असार २४, २०८०

बैतडी । बैतडीमा बस दुर्घटना भएको छ ।

आज दिउँसो १ बजेतिर पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली नगरपालिका-७ स्वाखानीमा दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको छ । विस्तृत विवरण आउन बाँकी छ ।


Published :असार २४, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media