काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हालसम्म बीआरआई परियोजना अन्तर्गतका कुनै पनि कार्यक्रम नेपालमा सञ्चालन नभएको दाबी गरेका छन् ।
सोमवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
चीन सरकारसँग बीआरआईका लागि नेपालले २०१७ मा सम्झौता गरेको थियो, तर त्यसपछि बीआरआई अन्तर्गत कुनैपनि योजना नेपालमा अघि नबढेको सरकारले बताएको छ । तर पछिल्लो समय चिनियाँ राजदुत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गतको भएको दाबी गर्दै आएपछि नेपालमा वहसको विषय बनेको थियो ।
समितिको बैठकमा समिति सदस्यहरुले प्रश्न गरेसँगै मन्त्री साउदले बीआरआई अन्तर्गत हालसम्मक कुनै योजना नेपालमा शुरु नभएको र कार्यान्वयनको सन्दर्भमा अहिले सरकार छलफलमा रहेको बताए ।
मन्त्री साउदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आगामी अगस्ट महिनाबाट कार्यान्वयनको चरणमा जाने बताए ।