हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइयो

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैजनाको शव काठमाडौं ल्याइएको छ ।

सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

सोलुखुम्बुको सुर्केबाट आज बिहान काठमाडौँ उडान भरेको उक्त हेलिकोप्टर दिउँसो सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक एवं उद्धार समन्वय समितिका संयोजक प्रतापबाबु तिवारीका अनुसार दुर्घटनामा हेलिकोप्टरका पाइलट क्याप्टेन चेतबहादुर गुरुङसहित पाँच जनाको शव भेटिएको थियाे । मृत्यु हुनेमा चार जना म्याक्सिकोका नागरिक रहेका छन् । सो हेलिकोप्टरमा म्याक्सिकोका नागरिक सवार थिए ।

दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । सोलुखुम्बुको सुर्केबाट आज बिहान ९ बजेर ५२ मिनेटमा काठमाडौँका लागि उडेको कल साइन ९एनए–एमभी कलसाईन भएको हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको थियो ।

सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा शवहरुको संकलन गरी मौसम अनुकूल भएपछि काठमाडौं ल्याइएको हो ।


Published :२६ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media