श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री पत्नी दाहालको पार्थिव शरीर पेरिसडाँडामा  

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ । अहिले दाहाललाई श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सर्वसाधारण र शुभेच्छुकहरु पेरिसडाडामा पुगेका छन् ।
दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालको पार्थीव शरीर राखिने र अपराह्न २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिइन् ।


Published :२७ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media