चिनियाँ सहयोगका ८ वटा विद्युतीय गाडी आइपुगे काठमाडौं

राष्ट्रपाटी न्युज

असार २८, २०८०

काठमाडौं । चिनियाँ सहयोगको ८ वटा विद्युतीय गाडी संघीय संसद सचिवालय आइपुगेका छन्। नेपाल चीनको रसुवा–केरुङ नाका हुँदै विद्युतीय गाडी बुधबार काठमाडौं आइपुगेका हुन्।

२ वटा मंगलबार र ६ वटा बुधबार आइपुगेका संसद सचिवालय प्रवक्ता एकराम गिरीले जानकारी दिए। तत्कालीन अग्नीप्रसाद सापकोटा सभामुख हुँदा चिनियाँ संसदको दोस्रो वरियताका नेता नेपाल भ्रमणमा आउँदा संसदलाई सहयोग गर्न चाहना राखेका थिए। चिनियाँ नेताको चाहना अनुसार सहयोग प्राप्त गर्न सभामुखले गाडीको आवश्यकता रहेको जानकारी गराए। सापकोटा समामुख हुँदै गाडी सहयोगको सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो। सोही सहयोगलाई गाडीमा रुपान्तरण गरिएको प्रवक्ता गिरीले जानकारी दिए ।


Published :असार २८, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media