गाजामा इजरायली हमला, महिला र बालबालिकासहित ३० प्यालेस्टिनीको मृत्यु

राष्ट्रपाटी न्युज

साउन १३, २०८२

सिड्नी । मध्य नुसिरात जिल्लामा इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा ३० प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले मंगलबार जनाएको छ।

नागरिक रक्षाका प्रवक्ता महमुद बासलले आक्रमणहरू रातभर र बिहानसम्म भएको र नुसिरात शरणार्थी शिविरमा ‘धेरै नागरिकको घर’ लाई लक्षित गरिएको बताए। स्थानीय अल–अवदा अस्पतालमा ‘१४ महिला र १२ बालबालिका सहित ३० जनाको शव’ प्राप्त भएको बताइएको छ।

इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन। इजरायली सेनाले करिब २२ महिनादेखि गाजा पट्टीमा लडाकू समूह हमास विरुद्ध कारबाही गरिरहेको छ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी समूह हमासले गरेको रक्तपातपूर्ण आक्रमणबाट सुरु भएको इजरायली आक्रमणबाट गाजामा ५९ हजार नौ सयभन्दा बढी प्यालेस्टिनीको ज्यान लिएको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ । (रासस/सिन्ह्वा)


Published :साउन १३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media