ट्रेड युनियन काँग्रेसद्वारा प्रदर्शन, माग श्रमिकको ज्यालावृद्धि

काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसले श्रमीकलाई जिउन पुग्ने गरी ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ ।

आईतवार काठमाडौंको माईतीघरमा भेला भइ सत्तारुढ दल नेपाली काँग्रेसको संगठन नेपाल ट्रेड युनियन काँग्रेसले दबाबमुलक प्रदर्शन गरेको हो । हरेक दुई वर्षमा श्रमीकहरुको पारीश्रमीक बढाइने र सोही अनुसार काम अहिले अघि बढीरहेपनि सरकारलाई खबरदारी गर्न दबाबमुलक कार्यक्रम गरेको नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए । उनले यो कार्यक्रममा एक हप्ता यता निरन्तर चलिरहेको बताए । उनले सरकारलाई श्रमिकहरुको न्युनतम पारिश्रमिक कम्तीमा २५ हजार बनाउनका लागि स्थानीय तह र प्रदेश सरकारमा ज्ञापन पत्र बुझाइसकिएको र आज केन्द्र सरकारको पनि ध्यानाकर्षण गराउने बताए ।

उनीहरुले श्रमीकको न्युनतम पारिश्रमिक २५ हजार कायम गर, श्रम आयोग गठन गर, नीति, निर्माण तहमा श्रमीकको प्रतिनिधित्व व्यवस्था गर, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर, स्थानीय तहमा श्रमीकको पञ्जीकरण गरलगायतका प्लेकार्ड, ब्यानरसहित नारा लगाएर सरकारलाई दबाब दिएका थिए ।


Published :३१ असार २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media