सांसदहरूले भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउनुपर्ने 

काठमाडौं । संघीय संसद सचिवालयले भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई आग्रह गरेको छ। संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले  सूचना प्रकाशित गरी सांसदहरूलाई आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो ।

सम्पत्ति विवरण बुझाउँदा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अध्यावधिक सम्पत्ति विवरण पेश गर्नुपर्नेछ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१)बमोजिम संघीय सांसदले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था  छ।

सोही व्यवस्थाअनुसार सचिवालयलले सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको हो ।


Published :३१ असार २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media