प्रधानन्यायाधीशद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७८/०७९ का वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन् ।

आइतबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर उनले वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

नेपालको संविधानको धारा १३८ बमोजिम प्रधानन्यायाशीश कार्कीले वार्षिक प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


Published :३१ असार २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media