काठमाडौँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट सिनामंगल पुर्याइसकेको अवस्थामा अनुमानित १०० किलो सुन राजश्व अनुसनधान विभागले वरामद गर्यो । सुनको परिणाम एकिन भइसकेको छैन । जोख्नका लागि राष्ट्र बैंक पठाइएको छ ।
प्रज्ञापन पत्रमा मोटरसाइकलको ब्रेक सुल भनी जाँचपास भएको वस्तु करिब १ सय केजी सुन रहेको भन्ने सूचना पाएपछि राजश्व अनुसन्धान विभागको टोलीले वरामद गर्यो । उक्त प्रकरणमा संलग्न रहेको आरोपमा ६ जना पक्राउ पनि परेका छन् ।
भन्सार जाँचपास हुँदा कागजात मात्रै हैन वस्तुको पनि जाँच हुन्छ । तर ठूलो परिमाणको सुन कसरी त्रिभुवन विमानस्थल भन्सारबाट छुट्नुपछाडि भन्सार अधिकृत र प्रहरीकै मिलेमतो प्रष्ट हुन्छ ।
भन्सार विभागसहितको टोलीले गरेको अनुसन्धानबाट भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमै सुन छुट्ने गरेको प्रारम्भिक निष्कर्ष निस्किएको छ । सुन तस्करसँग भन्सार कर्मचारीकै साँठगाँठ देखिएपछि विभागले एक अधिकृत र नायव सुव्वालाई निलम्वन गरेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार भन्सार अधिकृत सन्तोष चन्द र एक नायव सुब्बालाई विभागले निलम्बन गरेको हो । सुन तस्कर प्रहरी हुँदै भन्सारका कर्मचारीसम्म पुगेको स्रोतको दावी छ ।
विगत एक महिनायता दैनिक करिब १ क्विन्टल बराबरका दरले सुन त्रिभुवन विमानस्थलबाट भित्रिरहेको सूचनाको आधारमा बुधबार राजस्वले अपरेसन गरेको थियो ।
यसैबीच सय किलो सुन बरामद प्रकरणमा सोधपुछका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई मन्त्रालयमा बोलाएको बताइएको छ ।