काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य अंक घटेको छ। पछिल्ला ४ कारोबार दिनदेखि निरन्तर बढेको बजारमा यस दिन सामान्य अंक घटेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ३४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६४ स्टकको ५४ हजार ९५४ पटकको कारोबारमा ३ अर्ब ५ करोड २४ लाख १० हजार रुपैयाँ बराबरको ८४ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
नेप्से घटे पनि यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विशाल बजार कम्पनी र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सिटिजन्स म्युचुअल फण्ड २ र कुमारी इक्विटी फण्डको इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.३५ प्रतिशत बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन १्३९ प्रतिशत बढेको छ। कारोबारमा आएका म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।