घट्यो सुनचाँदीको मूल्य

राष्ट्रपाटी न्युज

५ श्रावण २०८०

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ओरालो लागेको छ । शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कायम भएको छ । बिहीबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।


Published :५ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media