धरान । सुनसरीको इटहरीमा चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्।
शुक्रबार राति इटहरी उपमहानगरपालिकाको कान्छी चोकमा चारजना सवार को २९ प ३७१२ नम्बरको मोटरसाइकल भारतीय डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअफ भ्यानसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इटहरी १६ का २४ वर्षीय अनिनेश चौधरी, २६ वर्षीय करण चौधरी र २७ वर्षीय शम्भु चौधरी रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता राजकुमार राईले बताएका छन् ।
गम्भीर घाइते भएका उनीहरुलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । दुर्घटनामा परी अर्का २७ वर्षीय प्रेमलाल गम्भीर घाइते भएका छन् । उनले प्रतिष्ठानमा उपचार भैरहेको छ ।
चारजना सवार मोटरसाइकल अनियन्त्रित भएर मोटरसाइकलमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । दुर्घटनाको थप अनुसन्धान गर्न प्रहरी परिचालन गरिएको डिएसपी राईले बताएका छन् । मृतकको शव पोष्टमार्टम गरि परिवारलाई बुझाइने उनले बताए ।