काठमाडौं। कपन बानेश्वर साहित्यिक साप्ताहिक एघार वर्ष पुरा गरी बाह्र वर्ष लागेको अवसरमा साउन ५ गते शुक्रबार विशेष कार्यक्रम आयोजना गरी सम्मान तथा पुरस्कार अर्पण गरेको छ ।
पत्रिकाका सल्लाहकार वरिष्ठ उपन्यासकार शङ्कर भारतीको सभापतित्वमा भएको सो कार्यक्रममा साहित्यकार विमल अर्याललाई वरिष्ठ साहित्यकार प्राध्यापक जगतप्रसाद उपाध्यायले प्रमाणपत्र ,दिव्य गिरीले खादा, गायक पुष्कर जङ्गमले माला,पत्रकार गङ्गाप्रसाद भेटवालले सास प्रदान गरी कबा विशिष्ट सम्मान अर्पण गरेका छन् ।
साहित्यिक पत्रकार मुरारि सिग्देललाई वरिष्ठ साहित्यकार विजय चालिसेले प्रमाणपत्र,किशोर पहाडीले खादा,रामप्रसाद पन्तले माला,प्रवीण जोशीले सास र केशव सान्दाइले नगद प्रदान गरी महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार २०७९ अर्पण गर्नुभएको थियो ।यसरी नै दिवाकरप्रसाद आचार्यलाई नालाङ्ग कबा रचना पुरस्कार २०७९, शान्ति रिसाललाई पुष्करप्रसाद श्यामा खरेल कबा रचना पुरस्कार २०७९, रमेशचन्द्र घिमिरेलाई गङ्गा लिगल कबा रचना पुरस्कार २०७९, युगीन नेपाललाई हेमगङ्गा कबा रचना पुरस्कार २०७९ र तिलक पोखरेल ( म्यान्मा) लाई कबा रचना पुरस्कार २०७६ अर्पण गरिएको थियो ।
वहाँहरुलाई क्रमश वेदमणि घिमिरे,गौरी आचार्य,अच्युतप्रसाद पौडेल चिन्तन,चेतनाथ धमला,विनोद रुपाखेतीले प्रमाणपत्र ,वासुदेव गुरागाइ,अरुणा खरेल,रामचन्द्र दाहाल,विक्रम श्रेष्ठ सागरले खादा,ओमप्रसाद कोइराला,करुणा खरेल,राधेश्याम लेकाली,पुरुषोत्तम ढुङ्गेल,कात्यायनले माला,शितल गिरी,डा गीता खरेल,रजनी बस्नेत,अस्विनि कोइरालाले सास र माधवलाल श्रेष्ठ ,संचिता खरेल,गङ्गा लिगल, कविता आचार्य, प्रशुराम अधिकारीले नगद समर्पण गरेर पुरस्कृत गरेका थिए ।
सभापति शङ्कर भारतीले स्वागत , कार्यक्रम सञ्चालक विमल कोइरालाले धन्यवाद र पुरस्कृतहरुको तर्फबाट दिवाकरप्रसाद आचार्य र रमेशचन्द्र घिमिरेले मात्र छोटो सम्बोधन गरेका थिए भने त्रिलोचन आचार्य,दुर्गा अधिकारी भमरकोटे र पविता न्यौपाने काफ्लेले पुरस्कृतहरुको बारेमा रचना वाचन गरेका थिए ।
सहभागीहरु मध्येबाट तारा खड्काले भाग्यशाली पुरस्कार जित्नुभएकोले शारदा आचार्यले खादा र नगद प्रदान गरी सम्मानित गरेका थिए ।नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिका कपनबानेश्वर २०६९ सालदेखि हरेक शुक्रबार निरन्तर रुपमा प्रकाशित हुदै आएको छ ।