मौद्रिक नीति वेबसाइटमार्फत् सार्वजनिक गरिने

राष्ट्रपाटी न्युज

७ श्रावण २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति वेबसाइटमार्फत् सार्वजनिक गर्ने भएको छ । अहिले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी छ ।

बैठक सकिएपछि मौद्रिक नीतिक सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिएका छन् ।

राष्ट्र बैंकले पनि अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न उचित निर्णय लिने भनेको छ । अहिले व्यवसायीे ब्याजदर घटाउने गरी नीति आउला भन्ने अपेक्षामा छन् । तर, साउन लाग्दासम्म ब्याजदर केही घटेकाले राष्ट्र बैंक यसमा केन्द्रित नहुने पक्षमा देखिन्छ। अर्कोतर्फ चालु पुँजी कर्जामा गरेको कडाईले व्यवसायी अशान्त छन् ।

यसले व्यवसाय सञ्चालनलाई निरन्तरता दिन कठिन भएकाले यसको खारेजीको माग गर्दै आएका छन्। तर, चालु पुँजी कर्जाको व्यवस्था कायम रहनेमा राष्ट्र बैंक स्पष्ट छ ।

बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रलगायतका क्षेत्रका करिब ५० संघ-संगठन, विज्ञ तथा सरोकारवालाले मौद्रिक नीतिमा सुझाव दिएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सांसदले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र कार्यकारी निर्देशकहरूलाई आर्थिक गतिविधिलाई प्रोत्साहन हुने गरी नीति ल्याउन भनेका छन् ।


Published :७ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media