काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधीले पार्टीको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
आईतवारको केन्द्रिय समिति बैठकमा बोल्दै उनले पार्टीमा व्यक्ति र नाम परिवर्तन गर्नु आवश्यक नरहेको भन्दै दृष्टिकोण परिवर्तन गर्नु आवश्यक रहेको बताए । उनले पार्टीको दृष्टिकोण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली अनुरुपको हुनुपर्ने बताए । उनले संविधान र कानूनलाई संशोधन गरेर भए पनि प्रदेशहरुको अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।
उनले अहिलेको लागि गठबन्धन ठिक भएपनि आगामी निर्वाचनमा भने काँग्रेस एक्लैले बहुमत ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्ने बताए ।