संसदमा कांग्रेसले माग्यो गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

राष्ट्रपाटी न्युज

१० श्रावण २०८०

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले सुन तस्करलाई संरक्षण गरेको भन्दै उपप्रधान तथा गृहमन्त्री नारयणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

सुन तस्करीमा प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले अनुसन्धान प्रक्रियालाई सहज बनाउन राजीनामा दिनुपर्ने उनले भनाइ थियो ।

भारतलगायत देशको उदाहरण पेश गर्दै उनले भने, ‘उहाँहरुले यो अनुसन्धानलाई सहज बनाउनको लागि अहिलेलाई मुख्य सुनको मालिक पत्ता नलागेसम्म राजीनामा गरेर प्रजातान्त्रिक यो अभ्यासलाई कदर गर्नुपर्छ ।’

‘उहाँहरुले भरियामात्र होइन, मुख्य दोषीलाई पक्डियौं भन्नुपथ्र्यो, समय लिने हो भने ३ दिन ५ दिनभित्र समात्छु भन्न सक्नुपथ्र्यो’ उहाँले भन्नुभयो, ‘होइन भने अनुसन्धान प्रक्रिया सहज बनाउन, सुनको मालिक पत्ता नलागेसम्म उहाँहरुले राजीनामा दिनुपर्छ ।’ उनले भने ।

यसअघि नैतिकताका आधारमा मन्त्रीबाट राजीनामा दिएका घटनालाई स्मरण गराउँदै सांसद शर्माले गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले राजीनामा दिएर सुन तस्करीको छानबिनमा सहयोग गर्नुपर्ने बताए ।


Published :१० श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media