एमालेका सांसदले नारावाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

राष्ट्रपाटी न्युज

साउन १०, २०८०

काठमाडौं । सुन तस्करीबारे छानविन गर्न उच्चस्तरीय समितिको माग गर्दै नेकपा एमालेका सांसदहरुले नारावाजी गरेपछि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मीक समय सकिएपछि सभामुखले शुन्य समयको कारवाही प्रारम्भ गर्दा एमालेका सांसदहरुले नारावाजी गरेका थिए । बैठकमा एमाले सांसदहरुले सुन प्रकरणमा सरकारका मन्त्रीहरु नै सामेल भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न माग गरेका थिए, तर सभामुखले शुन्य समयको कारवाही अघि बढाउन खोजेपछि एमाले सांसदहरुले वेल घेराउ गर्दै नारावाजी गरेका थिए ।
एमाले सांसदहरुले नारावाजी गरेपछि कार्यसूचीमा रहेका सम्पूर्ण बिषयहरुलाई हटाउँदै सभामुखले साउन १५ गते सोमबारसम्मका लागि बैठक स्थगित गरेका छन् ।


Published :साउन १०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media