शेयर बजारमा दोहोरो अंकको गिरावट

राष्ट्रपाटी न्युज

११ श्रावण २०८०

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्सेले, यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

बिहीबार नेप्से परिसूचक २९.७१ अंक घटेर २१२६.४८ विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक घटेको छ।

यस दिन २७१ स्टकको ४४ हजार ६७२ पटकको कारोबारमा २ अर्ब ४२ करोड ५७ लाख रुपैयाँ बराबरको ६२ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमूल्य सर्वाधिक ७.३९ प्रतिशत बढेको छ। त्यसैगरी, मनकामना स्मार्ट लघुवित्त, इमर्जीङ्ग नेपाल र अभियान लघुवित्तको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको किसान लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ८.६८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन साढे १० करोडको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.६५ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विका सबैंक, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्यचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।


Published :११ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media