एकजना बिधार्थीको ४ जीपीए सहित एसइइमा काठमाडौं विद्यालयको ऐतिहासिक नतिजा

राष्ट्रपाटी न्युज

साउन १३, २०८०

काठमाडौं। शिक्षा विकास तथा समन्वय इकाई काठमाडौं जिल्लाको विश्लेषण अनुसार यस बर्षको एसइइ परिक्षामा औशत जीपीएका आधारमा तेश्रो स्थान हासिल गर्न सफल बूढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको पायोनियर पब्लिक स्कुल ( काठमाडौं विद्यालय ) का एक बिधार्थीले चार जीपीए ल्याएर इतिहाँस रचेका छन्। बूढानिलकण्ठ नगरपालिका वडा नं १२ मा अवस्थित लामो समय देखि शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएको यस बिधालयले यो बर्ष उत्कृष्ट नतिजा हात पार्न सफल भएको हो।

भर्खरै प्रकाशित एसइइको नतिजामा अदित श्रेष्ठ नाम गरेका बिधार्थिले ४ जीपीए ल्याउन सफल भएका हुन्।

आफुहरु विधालयको शैक्षिक गुणस्तर बृद्वी गर्न निरन्तर लागि परेकोले बिधालय काठमाडौं जिल्ला र बूढानिलकण्ठ नगरपालिका कै उत्कृष्ट हुन सफल भएको र भविष्यमा समेत उत्कृष्ट नतिजा ल्याउन सफल हुने बिधालय कि प्रिन्सिपल सुस्मिता मैनालीले जानकारी दिएकि छन्।


Published :साउन १३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media