सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छः लेखा समिति

राष्ट्रपाटी न्युज

१४ श्रावण २०८०

काठमाडौं । सार्वजनिक लेखा समितिले १०० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गरेको छ । आइतबार बसेको लेखा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको १०० किलो सुन प्रकरणको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको हो ।

जेष्ठ नागरिकका रुपमा समितिको सभापतित्व गरेका कांग्रेस सांसद अर्जुन नरसिंह केसीले १०० किलो सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न ध्यानाकर्षण  गराएका थिए ।

बैठकमा एमाले सांसद योगेश भट्टराईले सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका थिए ।

एमालेका सचिव समेत रहेका भट्टराईले गृहमन्त्री र अर्थमन्त्रीमाथि समेत छानबिन गर्नुपर्ने भएको र उनीहरूमाथि प्रहरीले अनुसन्धान गर्न नसक्ने भन्दै उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताएका थिए । एमालेले सत्तारुढ दलका नेताको संलग्नता बाहेक विमानस्थलबाट सुन तस्करी हुन नसक्ने आरोप लगाउँदै आएको छ ।

सुन तस्करी प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।


Published :१४ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media