पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासको घट्यो

राष्ट्रपाटी न्युज

१७ श्रावण २०८०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पेट्रोलमा रु नौ तथा डिजेल र मट्टितेलमा रु सात बढाएको हो । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जनाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा रु १७०, दोस्रो वर्गमा रु १७२ र तेस्रो वर्गमा रु १७३ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा रु १५०, दोस्रोमा रु १५२ र तेस्रो वर्गमा रु १५३ कायम भएको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डिर रु एक हजार छ सय ६० मा झरेको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर रु १३० घटाएको छ ।


Published :१७ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media