शेयर बजारमा सामान्य अंकको सुधार

राष्ट्रपाटी न्युज

१८ श्रावण २०८०

काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ३ अंकले बढेर २०८९.८४ विन्दुमा पुगेको हो।

आज  २६२ कम्पनीको ५१ लाख ३० हजार ५२० कित्ता सेयर १ अर्ब ७८ करोड १८ लाख ४१ हजार ७०१ रुपैयाँमा खरिदबिक्री भयो। बिहीबार नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ ।

यस्तै ७६ कम्पनीको मूल्य बढ्दा १३० कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको मूल्य भने स्थिर रहेकाे छ ।

नेप्से सामान्य अंकले बढेपनि दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।  सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र नविल ग्रोथ फण्डको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

यस्तै  सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ करोड मूल्यको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये ८ को मूल्य बढ्यो भने  ५ को घट्यो।


Published :१८ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media