काठमाडौँ । चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । फेंग्युन-३ ०६ स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी वाहक रकेटद्वारा बिहान ११:४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको हो । सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश गरेको पनि बताइएको छ । (रासस/सिन्हृवा)