काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।
यसैबीच शनिबार खानलाई पञ्जाब प्रहरीले लाहोरस्थित आफ्नै घरबाट पक्राउ गरेको छ ।
तोशाखाना मुद्दामा खानलाई तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँको जरिवाना त्यहाँको जिल्ला अदालतले सुनाएको छ।
इमरान खानको पार्टीले भने अदालतबाट पक्षपाती फैसला भएको भन्दै आपत्ति जनाएको छ । खानलाई गत वैशाखमा पनि पक्राउ गरिएको थियो । त्यसपछि पाकिस्तानी सेनाको मुख्यालयसहित विभिन्न ठाउँमा खानका कार्यकर्ताले आक्रमण गरेका थिए । (एजेन्सी)