
बूढानिलकण्ठ। नेकपा एमाले बूढानीलकण्ठ वडा नं – ११ कमिटीले अन्तर विद्यालय हाजिरजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ। जननेता मदन भण्डारीको जन्मजयन्तिको अवसरमा उक्त हाजिरजवाफ प्रतियोगिता तथा एसइइ सम्मान कार्यक्रम गर्न लागिएको हो।
उक्त दिन अन्तर विद्यालय हाजिरजवाफ प्रतियोगिताका अतिरिक्त वडाभित्र रहेका प्रत्येक विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई सम्मान गरिने वडा कमिटीका अध्यक्ष कृष्ण भट्टराईले जानकारी दिएका छन् ।
यहि साउन २७ गते शनिबारको दिन विहान ११ बजेदेखि साम्तेन मेमोरियल स्कुलमा आयोजना गरिने कार्यक्रममा उपश्थित हुन सम्पूर्ण जनसमुदाय, पार्टी कमिटीका नेता, कार्यकर्ता, शुभचिन्तकहरुलाई कमिटीका अध्यक्ष भट्टराईले आग्रह गरेका छन्।
