कांग्रेस सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

राष्ट्रपाटी न्युज

साउन २६, २०८०

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ। शैक्षिक प्रमाण पत्र कीर्ते गरेको कसूरमा पक्राउ परेका सांसद शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न आदेश दिएको हो।

म्याद थपका लागि सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेस गरेका सांसद शर्मालाई न्यायाधीश दण्डपाणि शर्माको इजलासले थुनामुक्त गर्न आदेश दिएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले बिहीबार पक्राउ गरेको थियो ।

 


Published :साउन २६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media