काठमाडौँ । आज मिति २०८० साउन २७ गते शनिबार, ई.सं. १२ अगष्ट, २०२३ । तिथि- अधिक श्रावण कृष्णपक्ष एकादशी, ०८ः०८ बजेपछि द्वादशी, नक्षत्र- मृगशिरा, ०८ः४० बजेपछि आद्र्रा, योग- हर्षण, करण- वालव, चन्द्रराशि- मिथुन, सूर्योदय ५ः३३, सूर्यास्तः १८ः४३ ।
मेष : अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।
वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।
मिथुन : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।
कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
सिंह : दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ ।
कन्या : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
धनु : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।
मीन : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।