नेपाली राष्ट्रिय क्रिकेट टोलीको भव्य स्वागत

राष्ट्रपाटी न्युज

२० भाद्र २०८०

काठमाडौं । एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएका छन्। पाकिस्तान र श्रीलंकाको रंगशालामा पाकिस्तान र भारतसँग क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम आज स्वदेश फर्किएको छ ।

नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए ।  प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा नेपाल, भारत र पाकिस्तान, समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका थिए ।

नेपालले एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा साहसिक ब्याटिङ गरेको छ। गत बुधबार घरेलु टोली पाकिस्तानविरुद्ध कमजोर प्रदर्शन गरेको नेपाली खेलाडीले भारतविरुद्ध डटेर ब्याटिङ गरेका थिए। नेपालका प्रारम्भिक जोडी कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात दिलाएपछि मध्यक्रमका खेलाडीले सम्मानजनक योगफलसम्म पुर्‍याएका थिए। श्रीलंकाको पाल्लेकेल रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गर्दै ४८.२ ओभरमा अलआउट हुँदै २ सय ३० रनको योगफल खडा गरेको थियो ।


Published :२० भाद्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media