उपचार र खानाबाट वञ्चित गरी सूचीको जीवन खतरामा पारेको आरोप

राष्ट्रपाटी न्युज

२८ भाद्र २०८०

काठमाडौँ । म्यान्माको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उनको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एलडिसी) ले लगाएको छ ।

“हामी विशेष चिन्तित छौँ किनकि उहाँले पर्याप्त चिकित्सा सेवा प्राप्त गर्नुभएको छैन । सैनिक सरकारले उहाँको जीवनलाई जोखिममा पार्ने उद्देश्यले स्वस्थ खाना वा आवास पर्याप्त रूपमा उपलब्ध छैनन् । यदि उहाँलाई तलमाथि भएका त्यसको जिम्मेवार सैनिक सरकार हुनेछ,” एलसिडीले एक विज्ञप्ति निकालेर भनेको छ ।

हालैका दिनहरूमा स्थानीय सञ्चारमाध्यमले ७८ वर्षीय नोबेल पुरस्कार विजेता नेत्री दाँतको सङ्क्रमणको कारण बेहोस हुने, बान्ता गर्नेलगायत समस्याबाट पीडित हुनुभएको र खाना खान असमर्थ रहेको जनाएका छन् । (एजेन्सी)


Published :२८ भाद्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media