नेतामा नैतिक शक्ति हुनुपर्छः महामन्त्री थापा

राष्ट्रपाटी न्युज

३० भाद्र २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिएका छन्।

विश्वेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ (१९६२-१९६८) को लोकार्पण कार्यक्रममा उनले कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपीले उल्लेख गरेअनुसार नैतिक सत्ता पछिल्लो राजनीतिमा भएकामा आशंकासमेत व्यक्त गरे ।

उनले पुस्तकको समीक्षा गर्दै पुस्तक पूरा पढेर मात्र टिप्पणी गर्नसमेत आग्रह गरे।

उनले विपीले उक्त डायरीमा समाजवादको विषयबारे महत्त्वपूर्ण तरिकाले उल्लेख गरेको बताए ।

महामन्त्री थापाले विपीले अध्ययन गरेका वा उनले सिफारिस गरेका पुस्तकसमेत संकलन गर्नुपर्ने बताए । त्यस्तै विपीले पढेका साहित्यमा उनी स्वयंले गरेको समालोचना, पुस्तक, लेखलाई सन्दर्भ सामग्रीका रूपमा संकलन गर्नुपर्नेमा थापाले जोड दिए ।

लोर्कापण कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री राम कार्कीले पुस्तकको समीक्षा गर्दै विपीद्वारा स्थापित राजनीतिक मानकलाई कसैले तोड्न नसकेको बताए ।


Published :३० भाद्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media