गठबन्धनबाट निकाल्ने षड्यन्त्र भइरहेको माधवको आशंका

राष्ट्रपाटी न्युज

१ आश्विन २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनबाट आफ्नो पार्टीलाई निकाल्ने षडयन्त्र भइरहेको बताएका छन् ।
सोमबार पार्टी कार्यालय आलोकनगरमा नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी)ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिले गठबन्धनलाई कमजोर पार्न र गठबन्धनबाट समाजवादीलाई बाहिर निकाल्ने षडयन्त्र भइरहेको आशंका गरेका छन् ।
उनले गठबन्धन बनाउन आफ्नो पार्टीले नै नेतृत्वदायि भूमिका निर्वाह गरेको भन्दै गठबन्धनभित्र भएका कमीकमजोरीलाई सुधार गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
उनले अहिलेको गठबन्धन समाजवादका लागि बाधक नभएकाले गठबन्धन र सरकारबाट बाहिर निस्किए पार्टी समाप्त हुन सक्ने जिकिर गरेका छन् । त्यस्तै उनले मुलुक अन्त्यै जटिल भूराजनीतिमा रहेकाले एमसीसीलाई मुलुकको हितका आधारमा अघि बढाउनुपर्ने धारणा राखेका छन् ।
अध्यक्ष नेपालले समाज रुपान्तरणको क्रममा बाधा हुनेहरुलाई पन्छाउदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।


Published :१ आश्विन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media