भन्सारबाटै चोरीपैठारी हुँदासमेत सरकार रमिते बनेको ओलीको आरोप

राष्ट्रपाटी न्युज

१ आश्विन २०८०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताएका छन् ।

ओलीले खशी, बोकालगायतका वस्तुहरु चोरी पैठारी गर्दा पनि सरकारले नियन्त्रण गर्न नसकेकाले लक्ष्य अनुसार राजश्व उठन नसकेको समेत बताए ।

राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर सोमवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भन्सारबाटै चोरी पैठारी हुँदा समेत सरकार केही गर्न नसकेर रमिते बनेको आरोप लगाए ।

अध्यक्ष ओलीले विद्युत मुलुकका लागि पर्याप्त नभए पनि सरकारले पुगेजसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले आफूले पहिलो पटक प्रधानमन्त्री भएका बेला मुलुकलाई आधारभुत रुपमा लोडसेडिङ मुक्त गराएको दाबी समेत गरे ।

अध्यक्ष ओलीले मुलुकलाई अघि बढाउनका लागि वैज्ञानिक खोज तथा अनुसन्धानको विषयलाई विशेष ध्यान दिनुपर्ने बताए ।


Published :१ आश्विन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media