शेयर बजारमा १६.२४ अंकको वृद्धि

काठमाडौं । सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ। साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेप्से परिसूचक १६.२४ अंकले बढेर १९८५.४३ विन्दुमा पुगेको हो ।

यसदिन २७१ कम्पनीको ४३ हजार ३६ लाख ५८३ कित्ता सेयर १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ रुपैयाँमा खरिदबिक्री भयो।

दोहोरो अंकले बढेको बजारमा ३ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। शुभम् पावरको १० ,थ्री स्टार हाइड्रोपावरको ९.९९ र मेन्छियाम हाइड्रो पावरको  ९.९८ प्रतिशतले सेयर  मूल्य बढेको हो।

कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १० करोड मूल्य बढीमा सेयर कारोबार भयो।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ११ को मूल्य बढ्यो भने २ को घट्यो। होटल्स एण्ड टुरिजम र ट्रेडिङ उपसमूहको सूचक नकारात्मक देखिएको छ ।


Published :अशोज २, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media