कार्यशैली सच्याउन देउवालाई शेखरको चेतावनी

राष्ट्रपाटी न्युज

३ आश्विन २०८०

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन कांग्रेस नेता डा शेखर कोइरालाले चेतावनी दिएका छन् ।

मंगलबार आफूपक्षीय नेताहरूको भेला गरेका शेखरले बुधबार धुम्बाराहीस्थित देउवा निवास पुगेर सभापति देउवालाई कार्यशैली सच्याउन चेतावनी दिएका हुन् ।

उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई साथमा लिएर धुम्बाराही पुगेका शेखरले आजैबाट कोर्स करेक्सन नगरे आफूहरू आफ्नै तरिकाले अघि बढ्ने चेतावनी दिए।

जवाफमा सभापति देउवाले सबैलाई मिलाएर अघि बढ्ने बताएका छन् । सभापतिका निर्णय प्रक्रिया, सरकारको प्रभावकारिता, संसदीय समितिको सभापति चयनलगायतका विषयमा शेखर–गगन समूहको असन्तुष्टि देखिँदै आएको छ ।


Published :३ आश्विन २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media