मानव अधिकार आयोगद्वारा ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारको ध्यानाकर्षण

राष्ट्रपाटी न्युज

१० आश्विन २०८०

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अभियन्ता ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै आयोगले वार्ताको माध्यमबाट यथाशीघ्र ईःको समस्या समाधान गर्न सरकार र महानगरपालिकालाई ध्यानाकर्षण गराएको छ।

‘धर्नामा रहेका व्यक्ति ‘ईः’को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरूको पहिचान गरी उनीहरूलाई पेसा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौं महानगरपालिको ध्यानाकर्षण गराउँदछ। आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रर्दशनका अन्य विकल्प खोज्न आयोग सम्बन्धित पक्षलाई पनि आग्रह गर्दछ,’ आयोगको विज्ञप्तिमा भनिएको छ।

ईः अर्थात् इशान अधिकारी फुटपाथ व्यापारीको वकालत गर्दै विगत ८ दिनदेखि काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा छन् । आयोगका सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले मंगलबार ईःलाई भेटेको थियो ।


Published :१० आश्विन २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media