नायक अनमोल केसी पक्राउ

राष्ट्रपाटी न्युज

अशोज १२, २०८०

काठमाडौं । चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् ।

‘रावायण’ नामक फिल्ममा भएको विवादलाई लिएर उनी पक्राउ परेका हुन् । शुक्रबार उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार केसीले फिल्म खेल्न बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएको र फिल्म खेल्न नमानेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा असाेज ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा अभिनेता केसी पक्राउ परेका हुन् ।


Published :अशोज १२, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media