कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

कार्तिक ३, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख गरेको छ ।

विभागका अनुसार आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।


Published :कार्तिक ३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media