सुदूरपश्चिम, कर्णाली र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

कार्तिक ५, २०८०

काठमाडौं । आज देशको पहाडी भू-भागमा आँशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम सफा सफा रहने जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको भएपनि सामान्यतया मौसम सफा रहने छ ।

वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

उनका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।


Published :कार्तिक ५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media