मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन

राष्ट्रपाटी न्युज

८ कार्तिक २०८०

काठमाडौं । मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ।

उनले चलाएको हेलिकोप्टर गएको असोज २७ गते शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो ।

उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा मंगलबार निधन भएको हो । मनाङ एयरले विज्ञप्ति निकाली चिकित्सकहरूको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा पाइलट सेढाईंको निधन भएको जनाएको छ। सेढाईं कुशल र अनुभवी पाइलटका रूपमा चिनिन्छन्। मनाङ एयरका अनुसार सेढाईंको शव आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ।

वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले उपचारका क्रममा मनाङ एयर हेलिकोप्टरका पाइलट सेढाईंको निधन भएको बताए ।


Published :८ कार्तिक २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media