दशैंमा टिका थाप्न ज्येष्ठ नागरिकको घर घरमा पुगे बूढानिलकण्ठ-६ का वडाध्यक्ष रवी खड्का

राष्ट्रपाटी न्युज

कार्तिक ११, २०८०

काठमाडौं । बूढानिलकण्ठ नगरपालिका वडा नं ६ का वडाध्यक्ष रवी खड्काले ज्येष्ठ नागरिक बसोबास गर्ने वडावासीको घर घरमा पुगेर दशैँको आशिर्वाद लिएका छन् । विजया दशमीको अवसर पारेर खड्काले वडाका विभिन्न टोलमा बसोवास गर्ने जेष्ठ नागरिकहरुलाइ भेटेर उनीहरुको हातबाट टिका तथा आशिर्वाद ग्रहण गरेका छन् ।

खड्काले वडा नं ६ का च्यासिन्डोल, धरमपुर ,खड्का गाउँ, खत्री गाउँ ,ओखलगाउँ ,शेराफाट ,पासिकोट र इटालिटार लगायतका टोलमा पुगेर जेष्ठ नागरिकहरुबाट टिका तथा आशिर्वाद लिएका छन्।

केहि समय अघि राष्ट्रपाटी डट कमको प्रस्तुति राष्ट्रपाटी टक शोमा अन्तर्वार्ता दिंदै उनले केहि समय अघि आफूलाई मुक्का हान्ने कांग्रेसका स्थानीय नेतालाई आम माफी दिएको भन्दै उनले वडा नम्बर ६ मा आफूले १४ करोड भन्दा धेरै बजेट पार्न सफल भएको बताएका थिए।


Published :कार्तिक ११, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media