रिगल बाँके कारागार चलान

राष्ट्रपाटी न्युज

कार्तिक १७, २०८०

नेपालगञ्ज । नेपालगञ्जका चेतन मानन्धनरका हत्या अभियुक्त रिगल भनिने योगराज ढकाललाई बाँके कारागार चलान गरिएको छ।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैदमाफी गरेका थिए। तर, उक्त निर्णयलाई बिहीबार सर्वोच्च अदालतले बदर गरेपछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए।

बिहीबार पक्राउ परेका उनलाई शुक्रबार बाँके जिल्ला अदालतमा पेस गरिएकोमा अदालतले कारागार चलान गरेको हो।

रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग छ।

हल्या आरोप पुष्टि भएका रिगललाई कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।


Published :कार्तिक १७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media