भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु

राष्ट्रपाटी न्युज

कार्तिक १८, २०८०

काठमाडौँ । जाजरकोटमा गए राति गएको शक्तिशाली भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ ।

सदरमुकाम खलंगास्थित घरमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिए ।

घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।

नलगाड नगरपालिका-८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।

पश्चिम नेपालमा शुक्रबार राति ६.४ म्याग्निच्युडको भुइँचालो गएको थियो ।


Published :कार्तिक १८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media