भूकम्पबाट जाजरकोटमा भौतिक संरचनामा ठूलो क्षति (तस्बिरसहित)

राष्ट्रपाटी न्युज

कार्तिक १८, २०८०

जाजरकोट । जाजरकोटमा भूकम्पमा परेर अहिलेसम्म ९२ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाका अनुसार भूकम्पमा परी हालसम्म जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको पुष्टि भएको छ। उनीहरुमध्ये ६६ जना महिला र २६ जना पुरुष रहेका छन्।

भूकम्पमा परि ५५ जना घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गए राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको हो।

प्रहरीका अनुसार आठबीसकोट नगरपालिकाको वडा नम्बर ११, १२, १३ र १४ मा र सानीभेरी–२ मा ठूलो मानवीय क्षति भएको छ । तत्कालका लागि मानिसको उद्धारमा ध्यान दिएकाले भौतिक संरचनामा पुगेको क्षतिको विवरण त्यसपछि मात्रै सङ्कलन गरिने प्रहरीको भनाई छ ।

जिल्लामा भूकम्पले ठूलोरुपमा भौति क्षति गरेको छ। हालसम्म सदरमुकाममा १०० र बाहिर २ हजार भौतिक संरचनामा ध्वस्त भएको छ ।

 

 

जाजरकोटका ग्रामीण क्षेत्रबाट घाइतेहरुको उद्धारका लागि हेलिकप्टको आवश्यक भएकाले त्यसका लागि सम्बन्धित निकायमा पहल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। हाल अवरुद्ध सडक खुलाउनका लागि पहल भइरहेको छ।


Published :कार्तिक १८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media