जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुग्यो

राष्ट्रपाटी न्युज

कार्तिक १८, २०८०

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ५२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुकुम पश्चिमको आठबीस नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार हालसम्म ५२ जनाको मृत्यु भएको जानकारी दिइन् । उनका अनुसार विशेषगरी ११, १२, १३ र १४ नम्बर वडा प्रभावित बनेका छन् । रुकुम पश्चिम र जाजरकोटमा भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ।

यता जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाका अनुसार भूकम्पमा परी हालसम्म जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ। उनीहरुमध्ये ६६ जना महिला र २६ जना पुरुषको मृत्यु भएको हो। गएराति ११ बजेर ४७ मिनेटमा ६.४ रेक्टरको भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


Published :कार्तिक १८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media