आजको शक्तिशाली परकम्पले जाजरकोटका धेरै घरमा क्षति

राष्ट्रपाटी न्युज

कार्तिक २०, २०८०

काठमाडौं । शुक्रबार रातिको भूकम्पले क्षति पुर्‍याएको जाजरकोटका बस्तीमा सोमबार अपरान्ह अर्को शक्तिशाली परकम्प गएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा नै केन्द्रविन्दु भएर सोमबार ४ः३१ मा गएको ५.८ रेक्टर स्केलको परकम्पले भेरी नगरपालिकामा धेरै घर भत्किएको छ भने केही व्यक्ति घाइते भएका समेत भएका छन् ।

शुक्रबारको भूकम्पले १२ जनाको मृत्यु भएको भेरी नगरपालिकाको राउतगाउँमा सोमबार ३ वटा घर भत्किएको छ । शुक्रबारको भूकम्पबाट जोगिएका धेरै घर सोमबारको भूकम्पले भत्काएको स्थानीयले बताएका छन् ।

भुकम्पपछी भागदौड मच्चिएको थियो भने सर्वसाधरणमा त्रास फैलिएको छ । अपरान्ह चार बजेर ३१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौँसम्म महशुस गरिएको थियो ।

यसअघि शुक्रबार रामीडाँडा नै केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निुच्युडको भूकम्पले ठूलो धनजनको क्षति भएको थियो ।


Published :कार्तिक २०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media